
काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया