
काठमाडौं, १० साउन । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा सम्पन्न कार्यसमिति बैठकले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी महासिमितको बैठक बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै बैठकले सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको पनि महामन्त्री शर्माले जानकारी दिए ।
यस्तै, बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई सघाउने निर्णय गरेको छ भने सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।
महामन्त्री शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत विषयमा विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको छ ।
कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारसँग माग समेत गरेको छ भने तीन तहका निर्वाचनमा बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।















प्रतिक्रिया