६ कार्तिक २०८३, शुक्रबार

सोह्रखुट्टेस्थित एक गोदाममा राजस्वको छापा, ‘ब्रेक शु’ लेखिएको ६६ वटा बाकस बरामद

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । राजश्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा बाकस बरामद गरेको छ।

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टेस्थित एक घरमा छापा मारेर ती बाकस बरामद गरेको हो ।

ती काटुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट सुनसहित बरामद गरिएका बाकससँग मेल खाने छन् ।

प्रहरीले शंकास्पद बाकससँगै एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।