
काठमाडौं, १० साउन । कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरूद्वको रिटको फैसला भोलि आउने भएको छ ।
रिटमाथिको सुनुवाई आजै सकिएपनि फैसलाका लागि भोलि पुन पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।
पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्वव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेपछि कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
उनले असंवैधानिक सरकार गठन खारेज गर्न माग गर्दै आफूलाई मुख्यमन्त्रीका लागि परमादेश जारी गर्न माग गरेका छन् ।















प्रतिक्रिया