
काठमाडौं, १० साउन । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
उनले गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने घोषणा गरे ।















प्रतिक्रिया