
काठमाडौं, १० साउन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकको सुरूमै आकस्मिक समय लिएर बोल्दै गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा नै सुन तस्करी भएको बताउँदै सरकारले सत्ताको आडमा काण्ड मच्चाउन खोजेको धारणा राखे ।
‘कर्मचारीहरूको सेटिङले मात्रै क्विन्टलका क्विन्टल सुन तस्करी भएको छैन । प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको संरक्षणमा भएको छ, उनले भने ।
गिरीले यो प्रकरणमा उच्चस्तरीले छानबिन समिति गरेर जरा देखि टुप्पोसम्म पुगेर छानबिन गर्न माग गरे । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद अगाडि बढ्न नसक्ने उनले बताए ।















प्रतिक्रिया