
काठमाडौं, १० साउन । नेकपा (एमाले) ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेका थिए।
उनले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने बताए ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।















प्रतिक्रिया