
काठमाडौं, १० साउन । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।
उनले श्रीमान रियाज श्रेष्ठसँगको वैवाहिक सम्बन्ध अन्त्य गरेकी हुन् । अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको खुलासा गरेकी हुन् ।
आफ्नो छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै उनले आफूहरूबीचको सम्बन्ध राम्रो नभएको बताएकी हुन् । आफूहरू एक अर्कासँग बोल्न पनि नसक्ने अवस्थामा पुगेको र जहिल्यै झगडा गर्ने गरेको बताएकी हुन् ।
उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्। श्रीमानसँग सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुबा र परिवारबाट कहिल्यै पनि नछुट्ट्याउने आफ्नो सोच रहेको उनले बताइन्।
माल्बिका र रेयाजबीच अन्तरजातिय विवाह भएको थियो ।















प्रतिक्रिया