
काठमाडौं, ८ साउन । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न गृहमन्त्रालयमा सिफारिस गरेको हो । डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए ।
प्रहरीले उनको निवासबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो । उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न व्यापारीसँग नगद रकम लिएका थिए ।
केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा उनी दोषी देखिएपछि बर्खास्त गर्न सिफारिस गरिएको हो ।















प्रतिक्रिया