
काठमाडौं, ८ साउन । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया