
काठमाडौं, ७ साउन । नेकपा (एमाले)ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस उनकै जन्मस्थल रामेछापमा मनाएको छ ।

आइतबार एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतमा पुष्पलालको जन्मस्थल भङ्गेरीमा ४५औँ स्मृति दिवस मनाइएको हो । सो अवसरमा महासचिव पोखरेलसहितका नेताहरूले वृक्ष रोपण गरेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।











प्रतिक्रिया