२९ कार्तिक २०८३, आइतबार

नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जनकपुरधाम, ७ साउन । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ । मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गए राति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

महिलाको पहिचान खुलेको छैन् । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।