
काठमाडौं, ३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक अर्ब बराबरको सुन बरामद भएको छ।
ठूलो परिमाणमा बरामद भएको सुन ६०-८० किलोसम्म भएको हुनसक्ने राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।
सुन चीनबाट नेपाल ल्याइएको बताइएको छ । इलेक्ट्रिक स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मार्दा यो सफलता हात परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिठूलो परिमाणमा सुन भेटिएको पहिलोपटक हो । अहिले त्यसको मुचल्का उठाएर थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया