२८ कार्तिक २०८३, शनिबार

जंगलमा सडेगलेको अवस्थामा महिलाको शव फेला

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको जंगलमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मंगलबार हेटौंडा-१३ स्थित गोठदमार सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो । घाँसदाउरा गर्न जंगल पुगेका स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव हेटौंडा-१३ बुद्धचोक बस्ने ४३ वर्षीया कृष्णमाया घलानको भएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार गत असार २५ गतेबाट घलान हराएको भनी उनका छोरा समन घलानले खोजी गर्न हुलियासहितको निवेदन दिएका थिए ।

छोराले मृतकको हातमा भएको बाला र कपडाबाट पहिचान गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।