२८ कार्तिक २०८३, शनिबार

एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

गएराति  कम्बोडिया प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल र सुरक्षाकर्मी सहभागी छन् ।