
काठमाडौं, २ साउन । नेपाली राष्ट्रिय भलिबल टीमको कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिइएको छ ।
गत साता प्रधानमन्त्री कप एनभिए भलिबलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा यसअघिका कप्तान हरिहजुर थापाले दर्शकदीर्घामै पुगेर दर्शकलाई कुटपिट गरेपछि उनलाई राष्ट्रिय टिमबाट बर्खास्त गरिएपछि श्रेष्ठलाई कप्तान तोकिएको हो ।
उनी नेपाली राष्ट्रिय टिमको कप्तानी समाल्ने ११ औँ खेलाडी हुन्। त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्दै आएका मानबहादुर राष्ट्रिय टीमका नियमित सदस्य हुन्।
२६ वर्षीय मानबहादुरले आर्मीको समेत कप्तानी समालिसकेका छन्।















प्रतिक्रिया