२८ कार्तिक २०८३, शनिबार

‘तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई जोड्ने प्रयास गर्नु कुप्रचार’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो ।’ महासचिव पोखरेलले भनेका छन्, ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौँ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा (एमाले)ले नै लिनुपर्ने हो र ?’

पोखरेलले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनु भन्दा एजेण्डाका आधारमा ठिक र बेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु पर्ने र यसले जनता र राष्ट्रको हित हुने उल्लेख गरेका छन् ।