२ कार्तिक २०८३, सोमबार

द्रुतमार्गमा आठ वटा मोटर ठोक्किदा ८ जनाको मृत्यु

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लान्झाउ, २ साउन । उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा सोमबार बिहान पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

झाङ्गे शहरको सान्दन काउन्टीमा सोमबार भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारका काम पनि पूरा भएका छन् ।

विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव एवम् राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्यभूमिमा लागू हुनेगरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए । उक्त कानुनको अक्षरसः पालना नहुँदा चीनमाा सडक दुर्घटना बढेका बताइएको छ । एजेन्सी