२८ कार्तिक २०८३, शनिबार

हेटौंडाको सरकारी जग्गा व्यक्तीको कब्जामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारी जग्गा अतिक्रमण भएको खुलासा भएको छ ।

हेटौंडा उपमहानगर–५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रको नाममा रहेको सरकारी जग्गा अतिक्रमण भएको खुलासा भएको हो ।

मत्स्य केन्द्रले आफ्नो नाममा रहेको ४९ हेक्टर जग्गा मध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको जग्गाको विवरण गत ८ जेठमा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई बुझाएको पत्र सार्वजनिक भएपछि सरकारी जग्गा अतिक्रमण भएको खुलेको हो ।

केन्द्रको विवरण अनुसार कित्ता नम्बर ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रंगशाला निर्माण, हेल्थ पोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन भइरहेको छ ।

कित्ता नम्बर ९६ को २ कठ्ठा १/५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् भने सनत श्रेष्ठले १ कठ्ठा १/५ धुर जग्गामा जस्ताकै टहरा बनाई रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएका छन् ।

यसैगरी, कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमशः १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्दै रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा लगाएका छन् ।

जीतलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाएर पसल सञ्चालन गरेका छन् । कालु स्याङ्तानले १ कठ्ठा ५ धुर, विष्णु दंगालले २ कठ्ठा ५ धुर र पदम बहादुर खड्काले २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

यसैगरी, प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरी कुखुरा पालन गरिरहेको पत्रमा उल्लेख छ ।

केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गा मध्ये नापी कार्यलय र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको खुलेको हो ।

यस्तो छ मत्स्य केन्द्रले प्रशासनलाई पठाएको अतिक्रमण भएको जग्गाको विवरणः