
हेटौंडा, १ साउन । मकवानपुरको हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
सोमबार साँझ हेटौंडा–१० स्थित जिल्ला प्रहरी कार्यालय मोड नजिक सडकमा शिवम् सिमेन्ट उद्योगबाट आएको ना.६ख ८८९० नम्बरको ट्रकले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा–१० बस्ने ६३ वर्षीय लालबहादुर घिसिङ रहेका छन् । ट्रकको ठक्करबाट टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको घिसिङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया