२ कार्तिक २०८३, सोमबार

बसपार्कबाट गेष्ट हाउस सञ्चालक र ७ युवती पक्राउ

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ साउन । बागमती प्रदेशको राजधानी हेटौंडा–१० स्थित ठूलो बसपार्क नजिकै रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गेष्ट हाउस सञ्चालक हेटौंडा–२ का ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने युवतीहरुमा हेटौंडा–१ चाईना क्वाटरकी २६ वर्षीया प्रमिला लामा, हेटौंडा–११ थानाभर्‍याङकी २२ वर्षीया पुजा लामा, भीमफेदी–२ की २३ वर्षीया ममता लामा, सुनसरी इटहरी उपमहानगर–१० की २१ वर्षीया विनिता राई, धरान उपमहानगर–१० की २० वर्षीया सुवर्ण राई, चितवन भरतपुर महानगर–११ बस्ने २१ वर्षीया आशु दराई र ईलामको माई नगरपालिका–८ बस्ने २६ वर्षीया मन्जिला शेर्पा रहेकी छन् ।

उनीहरुले गएराति १२ बजे गेष्ट हाउसमा हो–हल्ला गरेपछि स्थानीयहरुले प्रहरी बोलाएका थिए । हो–हल्ला गरेर लफडा गरेको उजुरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गेष्ट हाउसमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयहरुको दाबी छ ।

पक्राउ परेकाहरुकामाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।