१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय महिला फुटबल टीम स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टीम स्वदेश फर्किएको छ ।

सोमबार मध्यान्ह स्वेदश फर्किएको राष्ट्रिय महिला फुटबल टीमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरूले स्वागत गरेका थिए । बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टीम घर फर्किको हो ।

दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो । स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशलाई होम ग्राउण्डमा पराजित गर्नु उपलव्धी भएको र यसले खेलाडीहरूको मनोबल बढेको बताए ।

मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरूको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलेको तुलनामा अहिलेको प्रदर्शन कमजोर नै देखिएको बताइन् । उनले सिरिजको उपाधि जित्नु खुसीको कुरा भएपनि आगामी दिनमा थप मजबुद हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टीमकी सदस्य सावित्री भण्डारीले यसअघि भएका गल्तीलाई सुधार गर्दै बंगलादेशसंग खेलेको बताइन् । भण्डारीले अगामी खेलमा थप सुधारका साथ अघि बढ्ने जिकिर गरिन् ।

नेपाली महिला टीम एशियाडको तयारीमा समेत रहेको छ ।