२८ कार्तिक २०८३, शनिबार

कोशीमा खसेको ट्रक निकालियो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३१ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा शुक्रबार खसेको ट्रक निकालिएको छ ।

शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे१ख ३००७ नम्बरको ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केहीबेर कोशी ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।

ट्रकमा सवार चालक र अन्य दुई व्यक्तिलाई सकशुल उद्धार गरिएको थियो ।