
काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्रबैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४७ रुपैयाँ १९ पैसा र बिक्री दर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९५ पैसा र बिक्री दर १७२ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
















प्रतिक्रिया