२८ कार्तिक २०८३, शनिबार

आफ्नै घरमा मृत भेटिए साह, हत्या भएको आशंका

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिका–६  मा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

नगरपालिकाको ६ नम्बर वडाको कर्कचमा स्थानीय अन्दाजी ३६ वर्षीय जगरनाथ साह आफ्नै घरमा सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीरबहादुर बुढा मगरले जानकारी दिए ।

उनका अनुसार साह आज बिहान मृत फेला परेका हुन् । साहको घाँटीमा चोट देखिएकाले हत्या भएको हुनेसक्ने आशंका गरिएको प्रमुख बुढा मगरले बताए ।

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।