१ कार्तिक २०८३, शनिबार

नेपाल र पाकिस्तान ‘ए’ भिड्दै, यस्तो छ सम्भावित प्लेईङ–११

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्दैछ ।

कोलम्बोस्थित कोलम्बो क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने पाकिस्तानी टोलीको नेतृत्व मोहम्मद हरिसले गर्नेछन् । मोहम्मद पाकिस्तानको सिनियर टोलीका सदस्य हुन् ।

हालै आईसीसी विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको नेपालले पाकिस्तान ‘ए’लाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।

नेपालको सम्भावित प्लेईङ–११ः

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, सन्दीप जोरा, ललित राजवंशी, कुशल मल्ल, गुलशन झा, पवन सर्राफ, प्रतिश जिसी

पाकिस्तानको सम्भावित प्लेईङ–११:

मोहम्मद हारिस (कप्तान/विकेट किपर), सैम अयुब, ओमेर बिन युसुफ, अरशद इकबाल, कामरान गुलाम, रोहेल नाजिर, मुबाशिर खान, कासिम अक्रम, मोहम्मद वसीम, शाहनवाज दहनी, अब्बास अफ्रिदी

यसैगरी, प्रतियोगिता अन्तर्गत आजै भारत ‘ए’ र यूएई ‘ए’ बीचको खेल पनि हुने आयोजक एसियन क्रिकेट काउन्सिलले जनाएको छ । भारत ‘ए’ र यूएई ‘ए’ बीचको खेल कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ ।