१ कार्तिक २०८३, शनिबार

खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना छ: खेलकुदमन्त्री लिम्बु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । खेलकुदमन्त्री डिग बहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बुले पूर्वाधार क्षेत्रमा मन्त्रालयको पुँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका हुन् ।

उनले एक बर्षभित्र साहशिक पर्वतीय खेलकुद प्रतियोगीता आयोजना गरेर पर्यटन क्षेत्रको विकास गर्ने बताए ।

क्रिकेटको सफलतालाई मध्यनजर गर्दै कीर्तिपुर, मुलपानी र विराटनगर साथै नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उनले बताए ।

मन्त्री लिम्बुले राष्ट्रिय खेलाडीहरूको जीवन बीमा गरेर ढूक्कसंग खेल खेल्ने अवसर सरकारले प्रदान गर्ने जिकिर गरे । उनले १५ बर्षमूनीका बालबालिकाहरूलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट बिकास गर्न आगामी आर्थिक बर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।