
काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया