१ कार्तिक २०८३, शनिबार

त्रिभुवन आर्मीले हरायो एपीएफलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । काठमाडौंमा जारी सातौं संस्करणको एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो ।

तेस्रो सेट एपीएफले २६–२४ ले जितेको थियो । चौथो सेट आर्मीले २८–२६ ले जितेको थियो भने पाचौ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो । आर्मीको यो लगातार चौथो जित हो ।

एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो । त्यस्तै बुधबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हासिल गरेको छ । हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो । त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ ।

फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । शैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो । प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार हुनेछ ।