२८ कार्तिक २०८३, शनिबार

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिदै, आजै अन्त्येष्टि गरिने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

उनको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । उनको स्वास्थ्य गम्भीर बनेपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ भने २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।