
काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक दिउँसो १ बाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसे पछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन । आज बस्ने बैठकमा महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय हुने बताइएको छ ।
यसैगरी, बैठकमा पार्टीको आगामी कार्ययोजना तथा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।











प्रतिक्रिया