२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । राष्ट्रिय सभा बैठक आज मंगलबार बस्दैछ ।

गत बुधबारबाट अवरुद्ध हुँदै स्थगित हुँदै आएको बैठक आजबाट सूचारु हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको कारण अवरुद्ध हुँदै आएको राष्ट्रिय सभा बैठक आजबाट सूचारु हुन लागेको हो । हिजो सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कमजोरी स्वीकारेका थिए । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नु हुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताए ।

प्रधानमन्त्री ‘प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए ।

आज बिहान ११ः०१ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास, गह, रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

यसैगरी, बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।