
संखुवासभा, २५ असार । संखुवासभामा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट स्थानीय ३० वर्षीय रामबहादुर राई घाइते भएका हुन् ।
आइतबार घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकालु–५ नुममा उपचार भइरहेको बताइएको छ ।















प्रतिक्रिया