२ कार्तिक २०८३, सोमबार

प्रभु बैंकद्वारा कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रभु बैंक लिमिटेडले नुवाकोटका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।

प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच गएको साउन ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरुलाई शुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । सम्झौता अनुरुप नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि। को सहकार्यमा बैंकले सहुलियत कर्जा उपलब्ध गराएको हो ।

नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेसनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाइनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरि रहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट रु ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठूलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे ।

सम्झौता अनुरुप हेफर इन्टरनेसनल नेपालका तर्फबाट प्रवर्धित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरी कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् ।

त्यसैगरि स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ । हेफरले ४४ जिल्लाका करिब ४ लाख पिछडिएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संथाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुर्‍याउन सहजीकरण गर्दै आएको छ ।

समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटीएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।