
काठमाडौं, २४ असार । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका आइतबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेको छ । योसँगै आज सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी २० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया