
काठमाडौं, २२ असार । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् ।
त्यसअघि हिजो बिहीबार क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए ।
उमेर नपुगेकी नाबागिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू सुवाल र श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
एलओडीमा छिरेकी एक बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको घटनापछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।











प्रतिक्रिया