
काठमाडौं, २१ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
हिजो प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहितका दलहरुले संसद बैठक अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेपछि आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको प्रधानमन्त्री बनाउने आसयको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको थियो ।
आज बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ ।’ पाण्डेले भने ।
प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।











प्रतिक्रिया