
काठमाडौं, २१ असार । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला एक सय रुपैयाँले बढेको हो । योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेको छ ।
यसैगरी, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया