२८ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्र भारत भ्रमणमा जाने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको सत्तारुढ (नेकपा माओवादी) केन्द्रलाई भारत भ्रमण गराउने भएको छ ।

बुधबार भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित ‘भाजपा जान्नुहोस्’ कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिए ।

अध्यक्ष नड्डाले बंगलादेशको सत्तारुढ दल अवामी लिग र नेपालको माओवादी केन्द्रको प्रतिनिधिमण्डल भारत भ्रमण गर्ने घोषणा गरेका हुन् ।

नड्डाले भारत भ्रमणमा आउने शीर्ष नेताहरुलाई भारत निर्माणमा भाजपा र भाजपा सरकारहरूको इतिहास, संघर्ष, सफलता, विचारधारा र योगदानको बारेमा विस्तृत रूपमा व्याख्या गरिने समेत बताएका छन् ।