
मध्य प्रदेश, २० असार । आदिवासीमाथि पिसाब फेर्ने भारतीय जनता पार्टी (भाजपा) का सक्रिय कार्यकर्ता प्रवेश शुक्ला पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरेर अर्का पुरुषमाथि पिसाब फेरेको आरोपमा शुक्ला पक्राउ परेका हुन् । शुक्ला आज बिहान पक्राउ परेका हुन् ।
प्रारम्भिक जानकारीका अनुसार घटना नौ दिन अघि भारतको मध्य प्रदेशको सिधी जिल्लाको कुबरी बजारमा भएको थियो ।
पुरुषमाथि पिसाब फेरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियोमा शुक्लाले मुखमा चुरोट समातेको र एक असहाय व्यक्तिमा पिसाब फेरेको देखिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार पीडित आदिवासी युवा मानसिक रोगी हुन् ।
पुरुषमाथि पिसाब फेरेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाको चौतर्फी आलोचना भइरहेको छ । जसका कारण मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आरोपीलाई पक्राउ गर्न र मुद्दा दर्ता गर्न निर्देशन दिनु परेको थियो ।











प्रतिक्रिया