२ कार्तिक २०८३, सोमबार

नेपाल बैंकको सानोपोखरा शाखाको एटिएम तोडफोड

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ असार । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित नेपाल बैंक लिमिटेडको सानोपोखरा शाखाको एटिएम तोडफोड भएको छ ।

गएराति हेटौंडा-५ स्थित सानोपोखरा नजिकै रहेको बैंकको शाखाको एटिएम तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमले बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर पनि तोडफोड भएको पाइएको बताए ।

उनले एटिएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।