२ कार्तिक २०८३, सोमबार

मुस्ताङ्गी राजाका छोराको बिहेमा आज लोमन्थाङ गाउँपालिकामा सार्वजनिक विदा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, १८ असार । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सोमबार सार्वजनिक विदा दिएको छ ।

मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले एक सूचना जारी गर्दै आज गाउँपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरुमा विदा दिइएको जनाएका छन् ।