
काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र राउतबीच भेटवार्ता भएको हो । भेटमा राउतले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई सरकारमा नसमेटे सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका स्रोतले बताएको छ ।
प्रचण्डले भने समर्थन फिर्ता नलिन र छिट्टै जनमत पार्टीलाई पनि सरकारमा समेट्ने आवश्वासन दिएका छन् ।
आफ्नो पार्टीको एकजना मन्त्री फिर्ता बोलाएर भए पनि जनमतलाई सरकारमा समेट्ने प्रधानमन्त्रीले आश्वासन दिएका थिए ।















प्रतिक्रिया