
काठमाडौं, १७ असार । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।
बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा “आर्थिक विधेयक, २०८०”माथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा “आर्थिक विधेयक, २०८०” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सचिवालयले जनाएको छ । आजकै बैठकमा अथमन्त्री डा प्रकाश शरण महतले “आर्थिक विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, अर्थमन्त्री महतले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा “राष्ट्र ऋण उठाउने विधेयक, २०८०” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजकै बैठकमा अर्थमन्त्री महतले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया