
सुर्खेत, १७ असार । बिहीबारबाट स्थगित कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसका कारण बैठक अवरुद्ध भएको थियो । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेको तयारी रहेको छ ।











प्रतिक्रिया