२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।