
काठमाडौं, १५ असार । सिटिजन्स बैंक लिमिटेडले ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई आत्मसाथ गर्दै अनवरत रूपमा नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा दिँदैआएको बैंकले करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको हो ।
साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दै आएको छ । साथै आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्नका लागि बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ । उक्त जम्मा भएको रकमबाट बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।
हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने ‘साथ’का कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिइन् ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।













प्रतिक्रिया