
चितवन, १५ असार । बिहीबार दिउँसो नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो पन्छाउन सकिएको छैन् ।
सुख्खा पहिरोसँगै ढुंगा खसेकाले रातभर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।
सडकखण्डमा पहिरो ठूलो झरेकोले पन्छाउन मुस्किल भएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया