५ कार्तिक २०८३, बिहिबार

प्रदेशसभा बैठकबाट बाहिरिएका मुख्यमन्त्री कार्की फर्किएनन्, सभामुखलाई पठाए पत्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । कोशी प्रदेशसभाको बैठक जारी रहेका बेला बैठकको बिचबाटै निस्किएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामुखलाई पत्र पठाएका छन् ।

मुख्यमन्त्री कार्कीले सभामुख बाबुराम गौतमलाई पत्र पठाएर भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गर्न माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज संसदबाट विश्वासको मत लिने कार्यतालिका रहेको थियो । संसदमा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिँडेका थिए ।

मुख्यमन्त्री नआएपछि अधा घण्टाका लागि स्थगित गरेको बैठक सुरु हुन नसकेको हो । संसदबाट विश्वासको मत नपाउने भएपछि कार्की बैठक छोडेर हिँडेका बताइएको छ ।