
काठमाडौं, १४ असार । तीन दिन नेपालको बसाईपछि चिनियाँ अर्बपति ज्याक मा पाकिस्तान गएका छन् ।
मा को टोली गत मंगलबार सिङ्गापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका थिए । मा बिहान ११:२५ को फ्लाइटमा लाहोर गएका हुन् ।
उनी तीन दिने टुरिष्ट भिसा लिएर नेपाल आएका थिए ।
विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक मा ले नेपालमा रहँदा कालिकाटी तरकारी बजारको अवलोकन गर्नाका साथै किनमेलसमेत गरेका थिए ।















प्रतिक्रिया